Home Bibles ☰ Books न्यायकर्ता 19:21 · नेपाली बाइबल
न्यायकर्ता 19:21 · नेपाली बाइबल

तब त्यस वृद्ध मानिसले त्यो लेवी मानिस र तिनीको साथमा भएका मानिसहरूलाई आफ्नो घरमा लगे। उसले गधाहरूलाई खुवाए। तिनीहरूले आफ्ना खुट्टा धोए। त्यसपछि तिनीहरूले केही भोजन खाए अनि पिए।

Cross references

उत्पत्ति 18:4

म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्।

उत्पत्ति 24:32

यसर्थ अब्राहामको सेवक लबनानको घरभित्र गए अनि ऊँटहरूबाट भारी झार्न सघायो। उसले ऊँटहरूका लागि पराल ल्यायो। उनले पानी पनि तयार राख्यो ताकि सेवक अनि मानिसहरू जो उनीसंग थिए आफ्नो गोडा धुन सकुन्।

उत्पत्ति 43:24

तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो।

1 शमूएल 25:41

अबीगेलले शिर झुकाइन् र भनिन्, “म तपाईंको दासी हुँ। म तपाईंको सेवा गर्न राजी छु। म मेरो स्वामी दाऊदका सेवकहरूका खुट्टा धुन तयार छु।”

2 शमूएल 11:8

तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।”उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए।

लूका 7:44

त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यष्ठ्वौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई।

यूहन्ना 13:4

जब तिनीहरूले खाई रहेका थिए, येशू उठनु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो।

यूहन्ना 13:14

तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ।

1 तिमोथी 5:10

उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।

Interlinear

Choose Theme