Home Bibles न्यायकर्ता 15:19 · नेपाली बाइबल
न्यायकर्ता 15:19 · नेपाली बाइबल

लहीमाको भूइँमा एक खाल्डो थियो। परमेश्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।

Cross references

उत्पत्ति 16:13

परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “‘तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।”‘ यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो।

उत्पत्ति 28:19

पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे।

उत्पत्ति 30:30

म आउँदा तिमीसित अलिकति मात्र थियो। तर अहिले घेरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”

उत्पत्ति 45:27

तर तिनीहरूले उनलाई यूसुफले भनेको प्रत्येक कुरा बताए। अनि यूसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकूबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए।

प्रस्थान 17:15

तब मोशाले त्यहाँ एउटा वेदी बनाए। उनले यसको नाउँ दिए, “परमप्रभु मेरो झण्डा हो।”

गन्ती 20:11

तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।

न्यायकर्ता 15:9

तब पलिश्ती मानिसहरू यहूदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यहीं छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे।

1 शमूएल 30:12

तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाए पछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।

भजनसंग्रह 34:6

यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।

भजनसंग्रह 50:15

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”

भजनसंग्रह 110:7

राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछु। त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ। अनि बलियोहुनु हुनेछ।

भजनसंग्रह 120:1

म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो!

यशैया 40:26

माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”

यशैया 40:29

परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।

यशैया 41:17

“गरीब र दीन-दुखी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुवखा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।

यशैया 41:18

म सुक्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु। म झरनाको मूल फुटाएर बेंसीहरूमा बगाउने छु। म पानीले भरिपूर्ण पार्नेछु मरूभूमिलाई तलाउमा परिर्वतन गर्नेछु। त्यहाँ सुख्खा भूमिहरूमा झरनाका पानी हुनेछ।

यशैया 44:3

“म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ।

Interlinear

Choose Theme