Home Bibles न्यायकर्ता 1:25 · नेपाली बाइबल
न्यायकर्ता 1:25 · नेपाली बाइबल

त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यूसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए।

Cross references

यहोशू 6:22

यहोशूले ती दुई गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।”

यहोशू 6:23

यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे।

यहोशू 6:25

यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।

Interlinear

Choose Theme