Home Bibles यहोशू 8:15 · नेपाली बाइबल
यहोशू 8:15 · नेपाली बाइबल

यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरूभूमि तर्फ दौडन थाले।

Cross references

यहोशू 15:61

यहूदाका मानिसहरूलाई मरूभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछः बेतराबा, मिद्दीन, सकाका,

यहोशू 16:1

यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। यो यरीहोको ठीक पूर्वमा थियो। यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।

यहोशू 18:12

यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो।

न्यायकर्ता 20:36

यसर्थ बिन्यामीनका मानिसहरूले तिनीहरू पराजित भएको देखे।इस्राएलका सेना पछिहटेका थिए। तिनीहरू पछिहटे किनभने तिनीहरूले अचानक-आक्वमण गरेका थिए। तिनीहरूका लुकेका मानिसहरू गिबाको नजिक थिए।

Interlinear

Choose Theme