Home Bibles यहोशू 21:6 · नेपाली बाइबल
यहोशू 21:6 · नेपाली बाइबल

गेर्शोन कुलका मानिसहरूलाई तेह्र शहरहरू प्रदान गरिए। यी शहरहरू ती इलाकामा थिए जो इस्साकार, आशेर, नप्ताली अनि बाशानमा भएको आधा मनश्शेका थिए।

Cross references

प्रस्थान 6:16

लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

प्रस्थान 6:17

गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।

गन्ती 3:21

लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।

यहोशू 21:27

गेर्शोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाएःमनश्शेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनश्शेले तिनीहरूलाई बेश्तरा पनि दिए। यो मनश्शेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

यहोशू 21:33

गेर्शोन कुलले जम्मा तेह्र शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।

1 इतिहास 6:56

तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो।

1 इतिहास 6:62

ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।

1 इतिहास 6:71

गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसंगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।

Interlinear

Choose Theme