Home Bibles यहोशू 21:5 · नेपाली बाइबल
यहोशू 21:5 · नेपाली बाइबल

अन्य कहाती कुलहरूलाई दश शहरहरू दिइए जो एप्रैम, दान अनि आधा मनश्शेका इलाका भित्र थिए।

Cross references

उत्पत्ति 46:11

लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।

प्रस्थान 6:16

लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।

गन्ती 3:27

अमामी,यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।

यहोशू 21:20

कहात वंशका अन्य मानिसहरूलाई ती शहरहरू प्रदान गरिए जो एप्रैम कुल समूहका क्षेत्रमा थिए। तिनीहरूले यी शहरहरू पाए।

यहोशू 21:26

कहात कुलका बाँकी मानिसहरूले जम्मा दश शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।

1 इतिहास 6:18

कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।

1 इतिहास 6:51

बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए।

1 इतिहास 6:61

कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।

1 इतिहास 6:66

एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए।

Interlinear

Choose Theme