तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबूलूनहरू थिए। जबूलूनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबूलूनको भूमिको सीमाना सारीदसम्म रहेको थियो।
Cross references
लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून।
“जबूलून समुद्रको किनारमा बस्नेछ। समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ। उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।”
जबुलूनको बिषयमा मोशाले भनेः “ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ, अनि इस्साकार आफ्नो घरमा पालभित्र र्हषित होऊ।
तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गरून्।
त्यो भूमि बिन्यामीनको कुल समूहलाई दिइयो जो यहूदा अनि यूसुफका क्षेत्रहरूको माझमा थियो। बिन्यामीनका कुल समूहका प्रत्येक वंशले आफ्नो भूमि प्राप्त गरे। बिन्यामीनको निम्ति चुनिएको भूमि यो होः
उत्तरबाट दक्षिण सम्म यो परिवार समूह हो बिन्यामीन,