Home Bibles ☰ Books यहोशू 18:8 · नेपाली बाइबल
यहोशू 18:8 · नेपाली बाइबल

यसर्थ ती चुनिएका मानिसहरू त्यो भूमि हेर्न अनि त्यसबारे विवरण लेख्नका निम्ति गए। यहोशूले तिनीहरूलाई भने, “पूरा भूमिमा जाऊ अनि त्यसको विवरण लेख। त्यसपछि म कहाँ शीलोमा आऊ। त्यस पछि म चिट्ठा गर्नेछु अनि परमप्रभुले तिमीहरूका निम्ति भूमि विभाजन गरून्।”

Cross references

उत्पत्ति 13:17

यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”

यहोशू 7:16

भोलि पल्ट बिहानै यहोशूले इस्राएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुन्ने उभिए। परमप्रभुले यहूदाका कुल समूहलाई चुन्नु भयो।

यहोशू 13:7

अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।”भूमि-विभाजन

यहोशू 14:1

पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे।

यहोशू 15:1

त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरूभूमिसम्म फैलिएको थियो।

यहोशू 18:1

समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।

यहोशू 18:6

तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गरून्।

यहोशू 18:10

यहोशूले शीलोमा परमप्रभुको समक्ष तिनीहरूको निम्चि चिट्ठा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।

1 शमूएल 14:41

तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊरीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तुम्मीम दिनुहोस्।”यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्।

यशैया 34:17

तिनीहरूलाई के गर्नु पर्ने परमेश्वरले निर्णय गर्नुहुनेछ। तब परमेश्वरले तिनीहरूको निम्ति ठाउँ तयार पार्नुहुनेछ। परमेश्वरले धर्का कोरेर तिनीहरूलाई आफ्नो ठाउँ देखाई दिनुहुनेछ। यसैले पशुहरूले आफ्नो ठाउँ बनाउने छन्। तिनीहरू त्यहाँ सधैंका लागि बस्नेछन्।

प्रेरित 1:24

प्रेरितहरूले प्रार्थना गरे, “प्रभु, तपाईंले सबै को मनका कुराहरू जान्नु हुन्छ। हामीलाई देखाउनु होस् यी दुईजना मध्ये कसलाई यो काम गराउन तपाईंले छान्नु भएको छ।

रोमी 14:19

यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।

Interlinear

Choose Theme