कालेबले हेब्रोनमा बसेका तीन अनाकी वंशीहरूलाई त्यो स्थान छोड्न बाध्य तुल्याए। ती वंशहरू शेशै, अहीमन र तल्मै थिए। तिनीहरू अनाक वंशका थिए।
Cross references
तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात वर्ष अघि बनिएको थियो।
हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान जसबाटलाई देख्यौ र तिनीहरूले हामीलाई मसिनो फट्यांग्राहरूलाई झैं हेरे। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।”
त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एग्लोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे।
अनाकी मानिसहरू हेब्रोन, दबीर, अनाब, यहूदा र इस्राएलका सारा पहाडी देशमा बस्थे। यहोशू तिनीहरू विरूद्ध लडे अनि ती सबै मानिसहरू र तिनीहरूका शहरहरूलाई पूर्ण रूपले नष्ट गरि दिए।
तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ कियर्त अर्बा थियो) यहूदाका मानिसहरूले शेसै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे।
मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए।बिन्यामीन कुलका मानिसहरू यरूशलेममा बस्छन्