त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एग्लोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे।
Cross references
यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरु भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।
तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात वर्ष अघि बनिएको थियो।
अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए,
यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।
यहोशूले यपुन्नेका छोरा कालेबलाई आशीर्वाद दिए। यहोशूले तिनलाई आफ्नै हुने गरी हेब्रोन शहर दिए।
यहोशूले युपन्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।
हुम्ता, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौंवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।
यसर्थ तिनीहरूले हेब्रोन शहर हारूनका वंशलाई दिए (हेब्रोन शरणस्थान-शहर थियो।) हारूनका सन्तानहरूलाई तिनीहरूले लिब्ना,
तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ कियर्त अर्बा थियो) यहूदाका मानिसहरूले शेसै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे।
त्यसपछि इस्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेटून आए। तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका हौ!
राजा दाऊदले भने, “शान्तिसित जाऊ।” अब्शालोम हेब्रोन गए
यी संख्याहरू ती मानिसहरूका हुन जो हेब्रोन शहरमा दाऊद कहाँ आए। यी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू शाऊलको राज्याधिकार दाऊदलाई दिन आए। यो त्यही कुरा थियो जो हुने छ भनी परमप्रभुले भन्नु भएको थियो। यो तिनीहरूको संख्या होः
सादोक पनि त्यस समूहमा थिए। तिनी एक साहसी युवा सैनकि थिए। तिनी आफ्ना परिवारका बाईस जना अधिकारीहरूसित आए।