तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?
Cross references
तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने, “के मरूभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
मरो दासले निकै हेर्छ तर उसले मेरो आज्ञा पालन गर्दैन्। उसले आफ्नो कानले सुन्न सक्छ तर उसले मेरो कुरा सुन्न अस्वीकार गर्दछ।”
“तिमीले नै भनेका हौ” मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु । अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”
यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्डयाईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।
मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैलाई बचाउने काम गरोस्?
एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”
यसो भनिसकेर, येशूले भूँइमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो।
मार्थले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएनन्।
मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”