तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दैछौ। म कुनै मानिसलाई न्याय र्गदिनँ।
Cross references
तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”
हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।
परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्त्ताहरूले साधारण जनताको लागि कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
हे मानिस हो! तिमीहरु किन न्यायलाई तिक्तातामा र धर्मलाई घृणासरह व्यवहार गर्छौ?
के घोडाहरु चट्टानमाथि दर्गुछ? अहँ। के कुनै मानिसले समुद्रमाथि गोरू जोत्छ? अहँ, तर पनि तिमीहरुले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ। तिमीले तराम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ।
व्यावस्थाका कानूनहरु ब्यर्थ भईसकेकोछ अनि मानिसहरुले न्याय गर्दैनन्। दुष्टहरुले धर्मीहरुलाई लडाईंमा जितिरहेछन्। यसकारण, न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।
तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?”
परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो।
बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”
उसले भनी, “महोदय, मलाई कसैले दोषी ठहरयाउन सकेन।”तब येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दोषी ठहरयाउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्गनू।”
म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएँ। म एक होइन जसले मानिसहरूलाई न्याय गर्छ। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।
येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदो हुँ तब मेरा सेवकहरूले मलाई यहूदीहरूको हातमा पर्नुबाट बचाउनुका निम्ति लडाँई गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।”
यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैले आफूलाई जाँच गरिरहेका हुनेछौ।
तर आत्मिक मानिस सबै कुराहरू खुट्ट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः
यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफै पनि आफूलाई जाँच्दिन।
तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ।