मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।”‘
Cross references
त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु।
इस्राएलीहरू 40 वर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुञ्जेल मन्न खाए।
तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।”
परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्।
भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्।
तपाईंले तिनीहरू भोककाएको बेला तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो, अनि तिनीहरू तिर्खाएको बेला चट्टानबाट पानी दिनुभयो तपाईंले तिनीहरूलाई जाऊ अनि गएर तिनीहरूलाई दिन्छु भनी वचन दिएको भूमि अधिकारमा लेऊ भन्नुभयो।
तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो। तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन, अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।
आकाश ढोकाहरू जस्तै खोलियो अनि आकाशका भण्डारबाट अन्न वर्षाउनु भयो।
मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो। परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
तिमीहरूका पुर्खाहरूले मरूभमूमिमा मन्ना खाए तरै पनि अन्य मानिसहरू जस्तै तिनीहरू मरे।
म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”
तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए।
“जसले सुन्नुसक्छ मण्डलीहरुलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।“म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।