Home Bibles यूहन्ना 6:20 · नेपाली बाइबल
यूहन्ना 6:20 · नेपाली बाइबल

तर येशूले तिनीहरूलाई भन्नु भयो, “नडराउ, यो म हूँ।”

Cross references

भजनसंग्रह 35:3

भाला र बरछा लिनुहोस् अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लडनु होस्। परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”

यशैया 41:10

सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।

यशैया 41:14

हे बहुमूल्य यहूदा, नडराऊ! मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ म साँच्चि नै तिमीहरूलाई सघाउने छु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो। इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए उहाँले ती कुराहरू भन्नुभयो

यशैया 43:1

याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।

यशैया 44:8

तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”

मत्ती 14:27

तर येशूले तत्कालै भन्नुभयो, ‘साहसी होऊ यो म हुँ। डराउनु पर्दैन्।”

मर्कूस 6:50

सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, यो म नै हुँ। डराउनु पर्दैन।”

मर्कूस 16:6

उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो।

प्रकाश 1:17

जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।

Interlinear

Choose Theme