Home Bibles ☰ Books यूहन्ना 5:1 · नेपाली बाइबल
यूहन्ना 5:1 · नेपाली बाइबल

त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो।

Cross references

प्रस्थान 23:14

“प्रत्येक वर्षको तीन पल्ट तिमीहरूले मेरो निम्ति विशेष चाड आयोजना गर्नु पर्छ।

प्रस्थान 34:23

“वर्षमा तीन पल्ट सबै इस्राएली मानिसहरू र तिनीहरूका छोराहरू परमप्रभु तिनीहरूका स्वामी इस्राएलका परमेश्वरकहाँ जानु पर्छ।

लेवी 23:2

“इस्राएलका मानिसहरूलाई भन तिमीले परमप्रभुले रोज्नु भएका चाडहरूलाई पवित्र पर्वहरू भनी घोषणा गर। ती विशेष पवित्र दिनहरू यी नै हुन्

व्यवस्था 16:16

“परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा वर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनैपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ।

मत्ती 3:15

येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।

यूहन्ना 2:13

यहूदीहरूको निस्तार चाडअति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो।

गलाती 4:4

तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो।

Interlinear

Choose Theme