Home Bibles यूहन्ना 1:19 · नेपाली बाइबल
यूहन्ना 1:19 · नेपाली बाइबल

यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यूहन्नाकहाँ पठाए। तिनीहरूलाई यूहन्ना लाई “तिमी को हौ?” भनि सोध्न पठाए।

Cross references

व्यवस्था 17:9

तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्।

व्यवस्था 24:8

“यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पूजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पूजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ।

मत्ती 21:23

येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”

लूका 3:15

सबै मानिसहरु ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरुले सोचे, “के उहाँनै ख्रिष्ट हुनुहुन्छत?”

यूहन्ना 2:18

यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”

यूहन्ना 5:10

तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”

यूहन्ना 5:33

“तिमीहरूले यूहन्ना समक्ष मानिसहरू पठायौ। अनि उनले तिमीहरूलाई सत्य कुरा भने।

यूहन्ना 6:41

यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गाबाट तल आएकोछ।”

यूहन्ना 6:52

तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिनीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?”

यूहन्ना 10:24

यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।”

प्रेरित 13:25

यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’

प्रेरित 19:4

पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो उ पछि आइरहेछन्। तिनी येशू हुन्।”

Interlinear

Choose Theme