यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।
Cross references
“तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्। तिनीहरू बुझ्दैनन्! तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्, तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”
हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यकामहरूबाट मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्। त्यहाँ लाल समुद्र द्वारा, हाम्रा पुर्खाहरू तपाईंका विरूद्ध उपस्थित भए।
दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ।
तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’
तिनीहरू भोको कुकुरहरू जस्ता छन्। तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। गोठालाहरूले जान्दैनन तिनीहरू के गरिरहेछन्। तिनीहरूले आफ्ना भेंडाहरू मन पराउँछन् जो भडकिएर टाढा गएकाछन्। तिनीहरू लोभी छन्। तिनीहरू सबै जना आफूलाई सन्तुष्ट पार्न चाहन्छन्।
धेरै जनाले आफूलाई पवित्र पार्नेछन् तर दुष्टहरूले चाँहि दुष्ट्याँई गरिनैरहने छन् र तिनीहरू मध्येका कसैले पनि बुझ्न सक्ने छैनन्। ज्ञानी शिक्षकहरूले मात्र बुझ्नेछन्।
यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्।
तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, ‘के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?’तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु,’ हामीले बुझ्यौं।’
तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिनीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?”
धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”
उनले भन्छन, ‘तिमीहरूले खोज्यौ भने पनि मलाई भेटने छैनौ।’ उसले यसो पनि भन्दछ, ‘म जहाँ छु तिमीहरू त्यहाँ आउन सक्तैनौ।’ यसको अर्थ के हो?”
येशू कुन विषयमा कुरा गरिरहेछन् भनेर मानिसहरूले बुझ्दैनन्। येशूले तिनीहरूलाई पिताको विषयमा भनिरहनु भएको थियो।
तिमीहरूले यी कुराहरू किन बुझदैनौ, जो म सिकाउँछु? किनभने तिमीहरूले मेरो शिक्षा स्वीकार गर्न सक्तैनौ।
“यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु।
जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ।