जब कँही डरलाग्दो घटनाहरू भयो भने अनि निर्दोष मानिसहरू मारिए भने के परमेश्वर तिनीहरूमाथि हाँस्नु हुन्छ?
Cross references
मेरो मालिक राजा, म यति भन्न आएकी हुँ। जस्तो मानिसहरूले मलाई धम्क्याए। म आफैंले सोचें, ‘म राजालाई भन्नेछु। हुनसक्छ राजाले मेरो सहायता गर्लान।
म निश्चित थिए कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहून्।”
एकदिन, अय्यूबका छोरा-छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खाँदै अनि दाखरस पिउँदै उत्सव मनाइरहेका थिए।
तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो।
अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्। असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्।
परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ। ती पीडित मानिसहरू गुहार माँग्दै चिच्याउछन्। तर परमेश्वरले सुन्नुहुन्न।
हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्यौं!हामी मार्न लगिएका भेडा जस्तै छौं।
परमेश्वरले भन्नुभयो, “अथवा म त्यस देशको विरूद्ध रूढी (महामारी) पठाउँन सक्छु। म तिनीहरूमाथि आफ्नो क्रोध बर्षाउन सक्छु। म सबै मानिस अनि जनावरहरूलाई त्यस देशबाट हटाउन सक्छु।
किन? किनकि यो परीक्षा मात्र होइन तिमीले काठको लौरोद्वारा दण्डदायी हुन अस्वीकार गर्यौ यसकारण त्यसको अतिरिक्त तिमीलाई दण्ड दिनको निम्ति म के प्रयोग गरूँ? हो, तरवार नै।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङलाले बाँधेर कैदखानामा फ्याँकियो।