अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ तर, अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।
Cross references
“अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ। परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो। तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्।
मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको पार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।
तर अब अय्यूब, परमेश्वर पट्टिहेर, अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।
यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।
तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।
यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने मानिसहरूले यसलाई फेरि बनाउन सक्दैनन्। यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने मानिसले त्यसलाई मुक्त पार्न? सक्दैनन्।
उसले आफ्नो घरमा केही पनि छाडने छैन। किन? किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।
परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।
इस्राएलका नानीहरूले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिमीहरू परमेश्वरकहाँ फर्केर आउनै पर्नेछ।
असल, धार्मिक मानिसहरू जसले पैसाको लागि अरूलाई चोट पुर्याउन चाहँदैनन्-तिनीहरू यस आगोबाट छिरेर पनि बाँच्न सक्छन्। तिनीहरूले घुसहरू लिन स्वीकार गर्दैनन तिनीहरू अरूलाई हत्या गर्ने योजनाहरू फर्केर पनि हेर्दैनन्।
यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।
दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाडनु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।”