Home Bibles ☰ Books अय्यूब 39:18 · नेपाली बाइबल
अय्यूब 39:18 · नेपाली बाइबल

तर जब शतुरमूर्ग दगुर्नलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तुच्छ ठान्छ, किनभने उ कुनै पनि घोडा भन्दा छिटो दर्गुछे।

Cross references

2 राजा 19:21

“सनहेरीबको विषयमा परमप्रभुको सन्देश यो छ! सियोनकी कुमारी छोरी सोच्छिन् तिमी महत्वपूर्ण छौ। उनी तिम्रो हाँसो उडाउँछन्। यरूशलेमकी छोरी तिम्रो पीठ्यूँपछि आफ्नो टाउको हल्लाउँछिन्।

अय्यूब 5:22

तिमी विनाश र अनिकाल देखेर हाँस्ने छौ। तिमी जंङ्गली जनावरहरूदेखि भयभीत हुने छैनौ।

अय्यूब 39:7

जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।

अय्यूब 39:22

घोडाले डरको हाँसो उडाउँछ। त्यो डराउँदैन्। त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।

अय्यूब 41:29

जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।

Interlinear

Choose Theme