Home Bibles अय्यूब 39:16 · नेपाली बाइबल
अय्यूब 39:16 · नेपाली बाइबल

शतुरमूर्गले आफ्ना चल्लाहरूलाई आफ्नो होइन भने झैं त्याग्छे। त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वाह नै गर्दिन।

Cross references

व्यवस्था 28:56

“अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे।

1 राजा 3:26

अर्की आइमाईले भनी, “यो ठीक छ। नानीलाई दुइ टुक्रा पार्नुहोस्। तब हामीमध्ये कोही पनि उसलाई पाउने छैनौं।”तर पहिलो आइमाई, जो असली आमा थिई, उ आफ्नो नानीको मायाले व्याकुल थिई। उसले राजालाई भनी, “महाराज, नानीलाई कृपया नकाट्नुहोस् बरू उसलाई नै दिनुहोस्।”

2 राजा 6:28

इस्राएलका राजाले आइमाईलाई भने, “तिमीलाई के कष्ट छ?”आइमाईले उत्तर दिई, “यस आइमाईले मलाई भनी, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी त्यसलाई मार्न सक्छौ अनि उसलाई आजै खान सक्छौं। त्यसपछि हामी भोलि हाम्रो खाने छौं।’

उपदेशक 10:15

एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बुद्धु बनिनु सक्छ, यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।

विलाप 2:20

हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खानु? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”

विलाप 4:3

स्यालहरूले पनि आफ्नो छाउराहरूलाई दूध चुसाएर हुर्काउँछन्, तर मेरा मानिसकी छोरी निष्ठुरी छन्। उनी मरूभूमिमा हुने शतुमुर्ग जस्तै छन्।

हबकूक 2:13

सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरुले निर्माण गरेको शहरहरु सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरुको सबै मेहनत बेकामको भएर जानेछ।

रोमी 1:31

तिनीहरू मूर्ख छन् र तिनीहरूले आफ्नो भाकलहरू पूरा गर्दैनन्। तिनीहरूमा अरूहरू प्रति प्राकृतिक ममता हुँदैन अनि कसैलाई पनि दया देखाउँदैनन्।

Interlinear

Choose Theme