इस्राएलका राजाले आइमाईलाई भने, “तिमीलाई के कष्ट छ?”आइमाईले उत्तर दिई, “यस आइमाईले मलाई भनी, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी त्यसलाई मार्न सक्छौ अनि उसलाई आजै खान सक्छौं। त्यसपछि हामी भोलि हाम्रो खाने छौं।’
Cross references
परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो।
तिमीहरू यति साह्रो भोको हुनेछौ कि तिमीहरूले आफ्नै छोरा-छोरीहरूको मासु खानेछौ।
“तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।
मीकासित भएका मानिसहरूले दानका मानिसहरूलाई कराउँदै थिए। दानका मानिसहरू फर्किए तिनीहरूले मीकालाई भने, “के कष्ट पर्यो? तिमीहरू किन कराइरहेको छौ?”
यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रून्छौ? किन केही खाँदिनौ? तिमी किन यति दुःखी छौ? म तिम्रो लोग्ने हुँ र म तिम्रै हुँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढता नै छु।”
राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?”महिलाले भनिन्, “म विधुवा हुँ। मेरा लोग्ने मरे।
लाल समुद्र, तिमी किन भागेर गयौं? यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
मानिसहरूले दाहिनेपट्टि समाउनेछन्, तर त्यसले तिनीहरूको भोक तृप्त गर्नेछैन्। तिनीहरूले देब्रेपट्टि भएको केहि खानेछन तर तृप्ति छुनेछैनन्। तब सबैतिर फर्केर मानिसहरूले आफ्नै शरीर खानेछन्।
दिव्य दर्शनको बेंसी बारे दुखको सन्देश तिमीहरूलाई के भयो? घरमाथि किन लुकिरहेछौ?
तर म भन्छु, “के एउटी स्त्रीले आफ्नो नानी बिर्सिन सक्छे? अहँ! के एउटी स्त्रीले आफ्नो गर्भबाट जन्माएको आफ्नो नानीलाई बिर्सिन सक्छे? यदि उसले बिर्सन सक्छे भने पनि म तिमीलाई बिर्सिने छैन।
एक समयमा माया गर्ने आइमाईहरूले आफ्ना नानीहरूका लागि खाना पकाउँथे। पछिबाट ती नानीहरू नै तिनीहरूका आमाहरूका एकमात्र आहार बने। यी सबै कुराहरू भए जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।
यरूशलेमका मानिसहरू भोकले यति तडपिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”
यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन।
समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।