अय्यूब, एक मिनट खडा भएर सुन, परमेश्वरले गर्नु भएको ती अनौठा कुराहरू बारे सोच।
Cross references
तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ यही उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ।
तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ। मृत्यु परमेश्वर देखि लुक्न सकेको छैन।
उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल। मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।
परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!”
परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ। मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ। तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ।
तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पुर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नु पर्छ।