Home Bibles अय्यूब 36:20 · नेपाली बाइबल
अय्यूब 36:20 · नेपाली बाइबल

जो मानिसहरू राती भित्र लुक्न चाहन्छन यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्। तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरको आँखा छल्न सकछन्।

Cross references

प्रस्थान 12:29

मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो।

2 राजा 19:35

त्यस राती परमप्रभुका स्वर्गदूत बाहिर निस्किए अनि अश्शूरको शिबिरका 1,85,000 मानिसहरू मारे। जब मानिसहरू बिहान उठे, तिनीहरूले सबै लाशहरू देखे।

अय्यूब 3:20

किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?

अय्यूब 6:9

म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन, केही अघि बढेर मलाई मारून्।

अय्यूब 7:15

यसर्थ म यसरी बाँचिरहनु भन्दा गला अँठ्‌याएर मर्न चाहन्छु।

अय्यूब 14:13

म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ। मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु। जबसम्म तिमीहरूका रीस मर्दैन्। तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।

अय्यूब 17:13

म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला अंध्यारो चिहानमा मेरो ओछयान बनाउँने आशा गरौंला।

अय्यूब 34:20

मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन् अनि मरेर जान्छन्। कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।

अय्यूब 34:25

यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ। यही कारणले गर्दा परमेश्वरले दुष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंश गर्नुहुन्छ।

हितोपदेश 14:32

एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।

उपदेशक 11:3

कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा वर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि दशिण पट्टि, जता ढले पनि त्यही तेर्सिरहन्छ।

दानियल 5:30

त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए।

लूका 12:20

तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?

प्रेरित 1:25

यहूदाले त्यसलाई छाडे अनि तिनी वास्तवमा कहाँका थिए त्यहीं गए। प्रभु, हामीलाई देखाउनुहोस् कि कुन मानिसले एक प्रेरितको स्थान लिनु पर्ने हो।”

1 थिस्सलोनिकी 5:2

तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ।

Interlinear

Choose Theme