Home Bibles ☰ Books अय्यूब 34:25 · नेपाली बाइबल
अय्यूब 34:25 · नेपाली बाइबल

यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ। यही कारणले गर्दा परमेश्वरले दुष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंश गर्नुहुन्छ।

Cross references

अय्यूब 34:20

मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन् अनि मरेर जान्छन्। कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।

भजनसंग्रह 33:15

परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो। परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।

श्रेष्ठगीत 3:8

तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्, रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न तिनीहरू तत्पर छन्।

यशैया 15:1

यो मोआब बारे एक दुःखको समाचार होः एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे। एउटै रातमा, शहरलाई ध्वंश पारियो। एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे। एउटै रातमा शहरलाई ध्वंश पारियो।

यशैया 66:18

“म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।

होशे 7:2

तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्। अब तिनीहरूको आफ्नै कालले तिनीहरूलाई घेरेर राखेको छ। ती कामहरू मेरै सामने छन्।

आमोस 8:7

परमप्रभुले ‘याकुब गर्व नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो, “म उसको कर्म कदापि भुल्ने छैन।”

1 थिस्सलोनिकी 5:2

तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ।

प्रकाश 20:12

अनि मैले ती महान अनि साधारण मानिसहरु जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरु पनि खुल्ला थिए। यी मरेका मानिसहरुलाई तिनीहरुले गरेका कर्महरुको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।

Interlinear

Choose Theme