Home Bibles ☰ Books अय्यूब 22:3 · नेपाली बाइबल
अय्यूब 22:3 · नेपाली बाइबल

यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ! यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहँ।

Cross references

1 इतिहास 29:17

मेरा परमेश्वर, म जान्दछु कि तपाईले आफ्ना मानिसहरूको जाँज गर्नुहुन्छ अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ। म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु। तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।

अय्यूब 21:15

अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो? हामीलाई उसको सेवा गर्ने खाँचो छैन। उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’

अय्यूब 23:10

तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ।

अय्यूब 34:9

म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने, ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’

भजनसंग्रह 39:1

मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।”

भजनसंग्रह 119:3

ती मानिसहरूले अनुचित कामहरू गर्दैनन्, तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्दछन्।

भजनसंग्रह 119:59

मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचे’। अनि म तपाईंको करार प्रति फर्किएर आए।

भजनसंग्रह 147:10

युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले उहाँलाई खुशी पार्दैन।

हितोपदेश 9:12

यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।

हितोपदेश 11:1

केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।

हितोपदेश 11:20

कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सित उहाँ खुशी हुनुहुन्छ।

हितोपदेश 12:22

परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।

हितोपदेश 15:8

एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।

मलाकी 2:17

तिमीहरूले परमेश्वरलाई शिक्षादेखि चिन्तित बनाएका छौ अनि त्यो झूटो शिक्षाले परमप्रभुलाई अत्यन्तै कष्ट दिएको छ। तिमीहरूले सोच्यौ कि परमेश्वर एउटामानिस जस्तै हो जसले खराब काम गर्छ। तिमीहरूले भन्यौ कि परमेश्वले उनीहरूलाई राम्रो सम्झनु हुन्छ अनि तिमीहरूले सोच्यौ कि परमेश्वरले नराम्रो कामको

Interlinear

Choose Theme