Home Bibles अय्यूब 34:5 · नेपाली बाइबल
अय्यूब 34:5 · नेपाली बाइबल

अय्यूब भन्छन्, ‘म निर्दोष छु। अनि मप्रति परमेश्वर निष्पक्ष हुनुहुन्न।

Cross references

अय्यूब 8:3

परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदूलनु हुन्न जुन ठीक छन्।

अय्यूब 9:17

परमेश्वरले मात्र मलाई मिच्न आँधी पठाउनु भयो। उहाँले कुनै कारणै बिना मलाई ज्यादा घाउ र चोटहरू दिनुभयो।

अय्यूब 10:7

म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।

अय्यूब 11:4

अय्यूब तिमीले परमेश्वरलाई भन्छौ, ‘मेरो तर्कहरू यथार्थ छन् अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’

अय्यूब 16:17

मैले कसैलाई नोक्सान गरेको छैन। तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो। मेरा प्रार्थनाहरू उचित र चोखा छन्।

अय्यूब 19:7

म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन। मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।

अय्यूब 27:2

“परमेश्वर जीवित हुनु भए झैं कसले मबाट न्याय खोसेको छ! सर्वशक्तिमान परमेश्वर जसले मेरो जीनव तिक्त बनाउनु भयो,

अय्यूब 29:14

धार्मिकता मेरो लागि पोषाक थियो, निष्पक्षता मेरो लुगा र फेटा थियो।

अय्यूब 32:1

त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो।

अय्यूब 33:9

तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु, मैले केही गल्ती काम गरिनँ म दोषी छैन।

Interlinear

Choose Theme