म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन। मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।
Cross references
जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ? यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त?
परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ। हामी न्यायलयमा एकार्काले भेट गर्न सक्तैनौ।
परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ? यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न। अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।
जब म पाप गर्छु, म दोषी हुन्छु अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ। तर म निर्दोष भएता पनि आफ्नो शिर उठाउन सक्तिनँ। म अपमानित तथा चिन्ताग्रस्त छु।
हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छु, तर तै पनि म उहाँलाई विश्वास गरिरहनेछु। म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु। तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
मैले कसैलाई नोक्सान गरेको छैन। तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो। मेरा प्रार्थनाहरू उचित र चोखा छन्।
तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।
तर, म जान्दछु तिमीहरू के सोची रहेछौ अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।
म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
हे परमेश्वर, सहायताको लागि मैले पुकारें, म उठें र प्रार्थना गरें, तर तपाईंले मलाई ध्यान दिनु भएन।
अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु। मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्। म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्। म इच्छा गर्छु कि मैले जे कुकर्म गरें त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन्।
अय्यूब भन्छन्, ‘म निर्दोष छु। अनि मप्रति परमेश्वर निष्पक्ष हुनुहुन्न।
अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।
हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ तर तपाईंले मलाई उत्तर दिनु भएन अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ।
हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ। इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।
जब जब म बोल्छु, चिच्याउँछु, म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु। म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो। तर मानिसहरूले सधैं मसित खिसी गर्छन् र मेरो हाँसो उढाउछन्।