Home Bibles ☰ Books अय्यूब 31:40 · नेपाली बाइबल
अय्यूब 31:40 · नेपाली बाइबल

यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहूँ र जौं उम्रिनुको सट्टामा काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।”अय्यूबका प्रवचन समाप्त भयो।

Cross references

उत्पत्ति 3:17

त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,“जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।

उत्पत्ति 3:18

त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरु उमार्नेछ अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ।

अय्यूब 31:22

यदि मैले त्यस्तो कहिल्यै गरे भने तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ।

भजनसंग्रह 72:20

यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।

यशैया 7:23

त्यस जमीनमा अहिले 1,000 अङ्गुरका लहराहरू छन्। प्रत्येक अङ्गुरको लहराको मूल्य 1,000 चाँदीका टुक्राहरू हो। तर ती खेतहरू झारपातहरू र काँढाहरूले छोपिनेछ।

सपन्याह 2:9

यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराझैं ध्वंश गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इस्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन न्‌नको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।

मलाकी 1:3

अनि मैले एसावलाई स्वीकार गरिनँ। मैले एसावको पहाडी देश उजाडपारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्यालहरू मात्र बस्छन्।”

Interlinear

Choose Theme