Home Bibles ☰ Books अय्यूब 31:22 · नेपाली बाइबल
अय्यूब 31:22 · नेपाली बाइबल

यदि मैले त्यस्तो कहिल्यै गरे भने तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ।

Cross references

यहोशू 22:22

“परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ।

अय्यूब 31:10

मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्, र अरू मानिसहरू उसित सुतोस्।

अय्यूब 31:40

यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहूँ र जौं उम्रिनुको सट्टामा काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।”अय्यूबका प्रवचन समाप्त भयो।

अय्यूब 38:15

दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्। किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।

भजनसंग्रह 7:4

मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।

भजनसंग्रह 137:6

यरूशलेम यदि मैले तिमीलाई भुलेको भए तब म भरोसा गर्छु फेरि कहिल्यै गाउने थिईन्। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।

Interlinear

Choose Theme