जनसमूहका नेताहरू बोल्न बन्द गर्दथे अनि हातहरू मुखमा राखेर अन्य मानिसहरूलाई चुपचाप बस्न लगाउँथे।
Cross references
ती पाँच मानिसहरूले उत्तर दिए।, “चूप लाग! एउटा शब्द पनि नबोल। हामीसित आऊ। हाम्रा पिता अनि हाम्रा पूजाहारी बन। तिमीले चुन्नुपर्छ। के तिमीलाई एउटा व्यक्तिको निम्ति मात्र पूजाहारी हुनु राम्रो छ? वा तिमीलाई इस्राएली मानिसहरूका एउटा सम्पूर्ण कुल समूहको पूजाहारी हुनु राम्रो छ?”
“यदि मैले केही भने के तिमी रिसाउँदैनौ? जुन नभनी म रहन सक्तिनँ।
यसैले म चुपचाप रहने छैन। म बोल्नेछु। मेरो आत्माले कष्ट पाएको छ। म गुनासो गर्नेछु किनभने मेरो आत्मा दुःखमा छ।
म प्रति हेर अनि शोकले आघात बन तिम्रो हात मेरो मुखमा राख, अनि शोकले आघात भएको आँखाले मलाई हेर।
“म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।
धेरै बोल्ने मानिसले प्रायः समस्या उबजाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।
यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयो भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ, भने तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।
मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।