Home Bibles ☰ Books अय्यूब 29:8 · नेपाली बाइबल
अय्यूब 29:8 · नेपाली बाइबल

सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे। आफ्नो श्रद्धा म प्रति प्रर्दशन गर्नलाई वृद्ध मानिसहरू बसेको ठाउँबाट उठ्दथे।

Cross references

लेवी 19:32

“बूढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिम्रो एउटा कोठामा अथवा घरभित्र पस्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ।

हितोपदेश 16:31

फूलेको केश इमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।

हितोपदेश 20:8

जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।

रोमी 13:3

ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।

रोमी 13:7

तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।

तीतस 3:1

मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनीभन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु,

1 पत्रुस 2:17

सबै मानिसहरु प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरुलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।

1 पत्रुस 5:5

हे युवकहरु, तिमीहरुलाई पनि मेरो केही भन्नु छ। तिमीहरुले अग्रजहरुको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरु सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।“परमेश्वर अहँकारी मानिसहरुको विरुद्ध हुनुहुन्छ, तर उहाँले विनम्र मानिसहरुलाई अनुग्रह प्रदान गर्नुहुन्छ।

Interlinear

Choose Theme