Home Bibles अय्यूब 28:3 · नेपाली बाइबल
अय्यूब 28:3 · नेपाली बाइबल

कर्मीहरूले गुफामा प्रकाश लैजान्छन। तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्। उ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!

Cross references

अय्यूब 3:5

म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्। बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु। म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसंग पारिदिन सकोस्।

अय्यूब 10:21

जुन अँध्यारो, मृत्यु स्थान जहाँबाट कुनै मानिस फर्कदैन त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्।

अय्यूब 12:22

परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ। उहाँले त्यस्ता मृत्यु भन्दा कडा अन्धकारमा पनि प्रकाश पठाउनु हुन्छ।

अय्यूब 38:16

अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ? तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं?

हितोपदेश 2:4

चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।

उपदेशक 1:13

मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझे, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ।

हबकूक 2:13

सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरुले निर्माण गरेको शहरहरु सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरुको सबै मेहनत बेकामको भएर जानेछ।

मत्ती 6:33

तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ,

लूका 16:8

पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा करे किनभने उसले चलाकी साथ काम गरयो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।

Interlinear

Choose Theme