Home Bibles ☰ Books अय्यूब 12:22 · नेपाली बाइबल
अय्यूब 12:22 · नेपाली बाइबल

परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ। उहाँले त्यस्ता मृत्यु भन्दा कडा अन्धकारमा पनि प्रकाश पठाउनु हुन्छ।

Cross references

2 राजा 6:12

अरामको राजाका अधिकारिहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन! इस्राएलका अगमवक्ता, एलीशाले इस्राएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईले सुत्ने कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।”

अय्यूब 3:5

म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्। बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु। म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसंग पारिदिन सकोस्।

अय्यूब 11:6

परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।

अय्यूब 24:17

ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो। हो, तिनीहरू डरलाग्दो अन्धयारो रात मन पराउँछन्।

अय्यूब 28:20

यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?

अय्यूब 34:22

अनिष्ट कर्म गर्ने मानिसहरूले परमेश्वरबाट लुक्ने अँध्यारो पाउँदैनन।

भजनसंग्रह 44:21

निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ। उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ।

भजनसंग्रह 139:11

हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु, “दिन रातमा परिर्वतन भएको छ। निश्चय रातले मलाई लुकाउनेछ।”

भजनसंग्रह 139:12

तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन्। परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ।

दानियल 2:22

उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रर्दशित गराउनु हुन्छ। उहाँले जान्नु हुन्छ अन्धकारमा के छ अनि ज्योति उहाँसँगै छ।

आमोस 5:8

उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो, उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ।

मत्ती 10:26

“यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ।

लूका 1:79

उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मदत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”

Interlinear

Choose Theme