हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो। पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्।
Cross references
तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ। यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।
ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ। आकाशमा उडने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।
परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्। तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ! उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाटधकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्। तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरूभन्दा उत्तम छ।
ज्ञानबाट जो लाभ हुन्छ त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो।
ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”
धन दौलत र आदर मसित रहन्छ, म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।
ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो! समझशक्तिलाई प्राप्त गर्नु चाँदी भन्दा असल हो।
सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन।
यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्यान गरें। मैले देखें मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन र प्राय सुत्दैनन् पनि।
यसकारण मैले भने, “म परमप्रभु याहलाईयस संसारमा फेरि बाँचिरहेको देख्ने छैन, म पृथ्वीमा मानिसहरू बाँचिरहेको देख्ने छैन।
मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो।
‘स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।