Home Bibles ☰ Books अय्यूब 27:11 · नेपाली बाइबल
अय्यूब 27:11 · नेपाली बाइबल

म तिमीहरूलाई परमेश्वरको शक्तिको बारेमा प्रवचन दिनेछु। म सर्वशक्तिमान परमेश्वरको योजनाहरूलाई लुकाउने छैन।

Cross references

व्यवस्था 4:5

“परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।

अय्यूब 4:3

अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ। तिमीले कमजोर हातहरूलाई बलवान बनायौ।

अय्यूब 6:10

अनि यदि उहाँले मलाई मार्नुहुन्न भने म एउटा कुरामा आश्वासित हुनेछु। म एउटा कुरामा खुशी हुनेछु। अनेकौं पीडाहरू भए पनि मैले परमेश्वरको आज्ञा अमान्य कहिल्यै गरेको छैन।

अय्यूब 11:7

अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।

अय्यूब 32:8

तर परमेश्वरको आत्माले मानिसलाई ज्ञानी बनाउँछ। सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।

भजनसंग्रह 71:17

हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो। अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका अदूभूत कार्यहरू बारेमा घोषणा गर्दछु।

यशैया 8:11

आफ्नो प्रभावपूर्ण शक्तिद्वारा परमप्रभुले मलाई भन्नुभयो। परमप्रभुले मलाई अरू मानिसहरू जस्तो नहुनु भनेर चेताउनी दिनु भयो। परमप्रभुले भन्नुभयो,

प्रेरित 20:20

मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाँए।

Interlinear

Choose Theme