आफ्नो प्रभावपूर्ण शक्तिद्वारा परमप्रभुले मलाई भन्नुभयो। परमप्रभुले मलाई अरू मानिसहरू जस्तो नहुनु भनेर चेताउनी दिनु भयो। परमप्रभुले भन्नुभयो,
Cross references
परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु। म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख्।
तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ, अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ अनि तिमीकहाँ आउँनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।
हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मसित हाँदछन् अनि दिनभरि मलाई हाँसोको पात्र बनाँउछन्।
कहिले काँही म स्वयंलाई भन्छु, “म परमप्रभु विषयमा सबै भुल्नेछु अनि म अब उप्रान्त परमेश्वरको नाउँमा बोल्ने छैन।” तर जब म त्यसो भन्छु, परमप्रभुको वचनहरू मेरो हड्डीभित्र आगो जलिरहे झैं म भित्र बल्छ। यसले मलाई थकाउछ अनि म सहन सक्तिन।
“हे मानिसको छोरो! तिनीहरू सँगनडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँचो हो तिनीहरू तिम्रो विरूद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउन चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू विद्रोहीहरू हुन्।
“हे मानिसको छोरो! तिमीले ती कुराहरू सुन्नु पर्छ, जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विरूद्ध नहोऊ। आफ्नो मुख खोल, जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू मान।”
आत्माले मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडे। म साह्रै दुखी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो।
हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”