Home Bibles ☰ Books अय्यूब 24:5 · नेपाली बाइबल
अय्यूब 24:5 · नेपाली बाइबल

गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरूभूमिमा घुमिरहेका छन। भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुञ्जेलसम्म काम गर्छन्।

Cross references

उत्पत्ति 16:12

इश्माएल स्वतन्त्र जंङ्गली गधा झैं हुनेछ, ऊ सबैको विरूद्धमा जानेछ, अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्। ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ तर तिनीहरूको विरूद्धमा जानेछ।”

उत्पत्ति 27:40

तैंले बाँच्नको निम्ति संघर्ष गर्नु पर्छ। अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्। तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्। तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”

अय्यूब 5:5

भोका मानिसहरूले उसको सबै अन्नहरू खाइदिए, ती भोका मानिसहरूले काँढाहरू माझ उम्रेका सबै अन्नहरूसम्म उसको लगिदिए तिनीहरूमा जे जति थिए लोभी मानिसहरूले सबै लगिदिए।

अय्यूब 12:6

तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन। मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ, अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।

अय्यूब 24:14

हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।

अय्यूब 39:5

अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो? कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?

भजनसंग्रह 104:23

तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन् अनि साँझ सम्म काम गरि रहन्छन्।

हितोपदेश 4:16

दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।

यर्मिया 2:24

तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं। काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छे। त्यो त्यति कामातुर रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन। काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ।

होशे 7:6

ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ, किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ। रातभरि तिनीहरूका रिस दन्किरहन्छ, बिहान त्यो जल्दै गरेको आगोझैं हुन्छ।

होशे 8:9

वन-गधा आफै एक्लै हिँडिरहे झैं तिनीहरू अश्शूरमा गए। एप्रैमले आफ्नो निम्ति ‘ज्यालामा’ नाठाहरू राखेको छ।

मीका 2:1

मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्। यस्ता मानिसहरु ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्। किन? त्यसो गर्ने सामर्थ तिनीहरुसँग छ।

Interlinear

Choose Theme