Home Bibles अय्यूब 23:17 · नेपाली बाइबल
अय्यूब 23:17 · नेपाली बाइबल

अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्। तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।

Cross references

2 राजा 22:20

‘म तिमीहरूलाई आफ्ना पुर्खाहरूकहाँ लिएर जानेछु। तिमीहरू मर्नेछौ अनि शान्तिसँग चिहानमा जाने छौ। यसकारण तिम्रा आँखाले सबै संकटहरू देख्ने छैनन् जो म यस ठाउँ यरूशलेममा ल्याउँदै छु।”‘त्यसपछि पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान अनि असायाहले यो सन्देश राजालाई भने।

अय्यूब 6:9

म कामना गर्छु परमेश्वरले मलाई श्राप दिउन, केही अघि बढेर मलाई मारून्।

अय्यूब 15:22

दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन। त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।

अय्यूब 18:6

उसको घरको प्रकाश अन्धयारो हुनेछ। उसको छेउको बत्ती पनि निभ्ने छ।

अय्यूब 18:18

मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।

अय्यूब 19:8

परमेश्वरले मेरो बाटो रोकि दिनु भयो। यसकारण म बाटोबाट जान सक्तिन। उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।

अय्यूब 22:11

यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।

यशैया 57:1

धर्मी मानिसहरू गइसकेकाछन् तर यसमा कसैले पनि ध्यान दिएन्। मानिसहरू बुझ्दैनन के हुँदैछ। धर्मी मानिसहरू भेला भईरहनेछन्। मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्। तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि धर्मी मानिसहरू भेला गरिएकोछ।

Interlinear

Choose Theme