Home Bibles अय्यूब 15:22 · नेपाली बाइबल
अय्यूब 15:22 · नेपाली बाइबल

दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन् अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसंग कुनै मौका नै हुँदैन। त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।

Cross references

2 राजा 6:33

जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”

अय्यूब 6:11

मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्। म जान्दिनँ ममाथि के दुर्घटना आइपर्नेछ। यसैले मसंग धैर्य पनि छैन।

अय्यूब 9:16

मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो, म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ।

अय्यूब 19:29

तर तिमीहरू आफै नै तरवारदेखि डराउनु पर्नेछ। किन? किनभने परमेश्वरले दोषी मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिमीहरूलाई दण्ड दिनलाई तरवार चलाउनु हुनेछ। तब तिमीहरूले जान्नेछौ कि त्यहाँ न्यायको समय छ।”

अय्यूब 20:24

हुनसक्छ फलामको तरवारदेखि त्यो दुष्ट मानिस भाग्ला। तर काँसको टुप्पा भएका काँढले त्सलाई ढाल्ने छ।

अय्यूब 27:14

दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ। दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।

यशैया 8:21

यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुसरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्।

मत्ती 27:5

यसकारण यहूदाले जाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाडयो अनि आफै झुण्डिएर आत्महत्या गर्यो।

Interlinear

Choose Theme