Home Bibles ☰ Books अय्यूब 20:23 · नेपाली बाइबल
अय्यूब 20:23 · नेपाली बाइबल

जब दुष्ट मानिस आफूले चाहे जति सबै थोक खान्छ, ऊ परमेश्वरको क्रोधको लप्कोमा पर्दछ। परमेश्वरले त्यस दुष्ट माथि दण्ड वर्षाउनु हुनेछ।

Cross references

उत्पत्ति 19:24

त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो।

प्रस्थान 9:23

तब मोशाले आफ्नो लहुरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो।

गन्ती 11:33

यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो।

भजनसंग्रह 11:6

उहाँले तातो कोईलाहरू र जलेको गन्धक बर्षा जस्तै ती दुष्टहरूमाथि बर्षाउनु हुन्छ, ती दुष्ट मानिसहरूले तातो, कोईलाको हावा बाहेक केही पाउने छैनन्।

भजनसंग्रह 78:30

तिनीहरूले आफ्नो भोक खप्न सकेनन्। यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए।

यशैया 21:4

मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।

मलाकी 2:2

यदि तिमीहरूले सुन्दैनौ र मेरोनाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशिर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौभनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

लूका 12:17

त्यो मानिस आफै सोच्दथ्यो, मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।

Interlinear

Choose Theme