भोकले उसको शक्ति दुर्बल पार्छ। जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।
Cross references
विगतमा धेरै भोजन प्राप्त गर्नेहरू अब काम नगरी भोजन नपाउने भएका छन्। तर विगतमा जो भोक-भोकै थिए, तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्। आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू अहिले सातवटाकी आमा बन्न सफल छिन्! तर जुन स्त्रीका धेरै सन्तानहरू थिए, तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”‘
रोटीको खोजीमा “त्यो कहाँ छ” भनी यता उता घुमिरहन्छ। उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ।
यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
बलवान मानिसहरू कमजोर र भोका हुनेछन्। तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस् र तिनीहरू भिखारी भई जाऊन।
यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुसरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्।
मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।
ती झूटा शिक्षकहरुले तिमीहरुबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरुले तिमीहरुलाई झूटा कथाहरु भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरुको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरुलाई ध्वंश पार्नु हुनेछ तिनीहरु उम्कन पाउने छैनन्।