Home Bibles ☰ Books अय्यूब 15:24 · नेपाली बाइबल
अय्यूब 15:24 · नेपाली बाइबल

चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ। राजा ध्वंश गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ।

Cross references

अय्यूब 6:2

भएता अनि मेरो सबै संकटहरू तराजुमा जोखिन सक्ने भएता।

अय्यूब 19:11

परमेश्वरको क्रोधको आगो मेरो विरूद्ध जल्यो। उहाँले मलाई आफ्नो शत्रु ठान्नु भयो।

अय्यूब 19:12

परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो। तिनीहरूले आक्रमण धरहराहरू मेरो वरिपरि बनाए तिनीहरूले मेरो पाल वरिपरि आफ्नो छाउनी बनाए।

भजनसंग्रह 119:143

मसँग संकट र दुःखका दिनहरू छँदै थिए तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु।

हितोपदेश 1:27

जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।

हितोपदेश 6:11

अनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।

हितोपदेश 24:34

दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।

यशैया 13:3

परमेश्वरले भन्नुभयोः “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्‌याएँ अनि म आफै नै तिनीहरूलाई आज्ञा दिनेछु। म रिसाएको छु। ती मानिसहरूलाई दण्ड दिनका लागि मैले मेरा सबभन्दा भेला गरें। उत्तम मानिसहरूलाई यी खुशी मानिसहरूको लागि म र्गवित छु।

मत्ती 26:37

येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुखी र विचलित हुनुभयो।

रोमी 2:9

जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि।

Interlinear

Choose Theme