Home Bibles ☰ Books अय्यूब 12:4 · नेपाली बाइबल
अय्यूब 12:4 · नेपाली बाइबल

मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ। तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’ म एक असल मानिस हुँ, म निर्दोष छु। तर तिनीहरू अझ ममाथि हाँस्छन्।

Cross references

अय्यूब 6:29

यसैले अब, आफ्ना विचारहरू परिवर्तन गर बेईमानी नगर सोचाइ परिवर्तन गर। मैले कुनै गल्ती काम गरेको छैन।

अय्यूब 11:3

अय्यूब के तिमी सम्झन्छौ कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्? जब तिमी परमेश्वरलाई खिसी गर्छौ, तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?

अय्यूब 16:10

मानिसहरूले मेरो वरिपरि थुप्रेर, तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।

अय्यूब 16:20

मेरो साथीहरूले मलाई हप्काउँछ। मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।

अय्यूब 17:2

मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि मप्रति हाँस्छन्। जब तिनीहरूले मलाई जिस्काउछन् र खिसी गर्छन् म तिनीहरूलाई हेर्छु।

अय्यूब 17:6

परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो। मानिसहरूले मेरो मुखमा थुक्छन्।

अय्यूब 21:3

जब म बोल्दछु, धैर्य राख्नु मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ।

अय्यूब 30:1

तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्। अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि म तिनीहरूलाई कुकुरहरू सँग मेरो भेडाको रक्षा गर्नलाई राख्थें।

भजनसंग्रह 22:7

प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ। उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।

भजनसंग्रह 35:16

तिनीहरूले गाली गरे र मेरो खिसी गरे। तिनीहरूले म तर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।

भजनसंग्रह 91:15

मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।

हितोपदेश 14:2

जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ।

यर्मिया 33:3

“यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।

मीका 7:7

म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।

Interlinear

Choose Theme