Home Bibles यर्मिया 8:21 · नेपाली बाइबल
यर्मिया 8:21 · नेपाली बाइबल

मेरा मानिसहरूले मलाई चकनाचूर पारेकाले म चकनाचूर भएको छु। म शोकाकुल छु अनि त्रासले मलाई घेर्छ।

Cross references

नहेम्याह 2:3

मैले राजालाई भने, “राजा सदैव जीवित रहुन्। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।”

भजनसंग्रह 137:3

बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।

श्रेष्ठगीत 1:5

यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।

यर्मिया 4:19

हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।

यर्मिया 9:1

यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।

यर्मिया 14:17

“तिनीहरूमा यी वचनहरू घोषणा गर, ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। म मेरा मानिसहरूको महाध्वंस र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।

यर्मिया 17:16

परमप्रभु, म तपाईंको गोठोला बनिनुबाट भागेर गईन्। मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन। तपाईं जान्नुहुन्छ तपाईंको मैले अघि के भनेको थिएँ यो तपाईंको सामु छ।

विलाप 3:1

म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें।

योएल 2:6

मानिसहरु तिनीहरुको अघि डरले थर-थर काम्छन्। तिनीहरु को अनुहार डरले पहेंलो हुन्छ।

नहूम 2:10

अब निनवे रित्तियो। प्रत्येक चिज चोरियो। शहरको बिनाशभयो। मानिसहरुको साहस हरायो तिनीहरुको हृदय डरले गलेकोछ। तिनीहरुको घुँडाहरु काम्दैछन्, तिनीहरुको शरीर काम्छ, तिनीहरुको अनुहार डरले पहेंलो भएकाछन्।

लूका 19:41

येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।

रोमी 9:1

म ख्रीष्टमा छु र सत्य कुरा बोलिरहेछु। म झुटो बोल्दिनँ। मेरो अन्तारात्मा पवित्र-आत्माद्वारा नियंत्रित छ। अनि यो अन्तरात्माले निश्चित गर्छ कि म झूटो होइनः

Interlinear

Choose Theme