Home Bibles ☰ Books यर्मिया 50:46 · नेपाली बाइबल
यर्मिया 50:46 · नेपाली बाइबल

बाबेलको पतन हुनेछ, अनि त्यो पतनको आवाजले पृथ्वी थर्काउनेछ। हरेक जातिहरूका मानिसहरूले बाबेलको विनाशको बारेमा सुन्ने छन्।

Cross references

यशैया 14:9

पातल उत्तैजित छ किनभने तिमीहरू आइरहेका छौ। तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ। पातलले राजाहरूलाई तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउछ पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ।

यर्मिया 49:19

“यर्दन नदी नजिक बाक्लो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेडा र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पराउँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिनै सक्तैन।”

यर्मिया 49:21

एदोमका पतनको आवाजले पृथ्वी थर्किनेछ। तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ।

इजकिएल 26:18

अब जुन दिन तिम्रो पतन हुन्छ समुद्र किनारमा भएको देश डरले काम्न थाल्छ। तिमीले समुद्र किनारको सहायताले कति उपनिवेश बनायौ जब तिमी रहँदैनौ तिनी भयभीत हुन्छन्।”‘

इजकिएल 31:16

मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे।

इजकिएल 32:10

म धेरै मानिसहरलाई तिम्रा विषयमा चकित पार्नेछु। तिनीहरूका राजा त्यस समय तिम्रो निम्ति भयभीत हुनेछन्, किनभने जब म उनको सामन्नेमा आफ्नो तरवार चलाउँछु दिनको प्रत्येक क्षणमा जब तिमी तल जान्छौ राजा डरले काम्नेछ। प्रत्येक राजा आफ्नो जीवनको निम्ति डराउनेछ।”

प्रकाश 18:9

“पृथ्वीका राजाहरु जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरुले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरु रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।

Interlinear

Choose Theme