यो सन्देश केदार र हासोरको परिवार समूहको विषयमा छ। बाबेलका राजा नबूकदनेस्सरले तिमीहरूलाई पराजित पारे।परमप्रभु भन्नुहुन्छ “जाऊ र केदारलाई आक्रमण गर। पूर्व दिशाका मानिसहरूलाई ध्वंस पार।
Cross references
तिनीहरूलाई इसहाकदेखि टाढा पठाइदिए। त्यसपछि आफूसँग जे जति थियो अब्राहामले इसहाकलाई दिए।
इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम,
तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे।
अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।
अय्यूबको आफ्नै 7,000 भेडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।
तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ।
यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।
तर एप्रैम र यहूदाले पलिश्तीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एप्रैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछन।
“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”
अरब बारे एउटा शोक सन्देश ददानका मरूभूमिका यात्री समूहले! अरब मरूभूमिको रूखहरूमाझ रात बिताए।
परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।
मरूभूमि र शहरहरू, केदारका गाउँहरू परमप्रभुको प्रशंसा गर। सेलामा बस्ने मानिसहरू, खुशीको गीत गाओ। तिम्रो पर्वतको चुचुरा देखि गाओ।
समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ। कसैलाई केदारको भूमिमा पठाऊ। एकदमै होशियारी साथ हेर, हेर, कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि?
ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए।
मैले अरब देशका र सीमान्तका सारा राजाहरू जो मरूभूमिमा बस्छन्,
मैले परमप्रभुबाट यो सन्देश सुनेको छु। उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ“आफ्ना सिपाहीहरूलाई भेला गर अनि एदोम विरूद्ध अघि बढ।
भाग! छिटो भाग! हे हासोरका मानिसहरू, लुक्ने ठाउँहरू खोज किनभने बाबेलको राजाले तिमीहरूलाई परास्त पार्नु एउटा युक्ति साँधेकोछ।” यो सन्देश परमप्रभुबाट हो।
“हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ। त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिडड्डल गर्ने छैन। सधैका निम्ति यो एक शून्य उजाड मरूभूमि जस्तै हुनेछ।”
बाबेलसित युद्धको लागि तैयार हौ। बाबेलमाथि काँडहरू हान, नरोक किनभने यसले परमप्रभु विरूद्ध पाप गरेको छ।
केदरका सबै अगुवाहरू अनि अरबका व्यापारीहरूले तिमीलाई भेडा अनि बाख्राहरू तिमीसँग बिक्री गरेको बस्तुको सट्टामा दिए।