Home Bibles यर्मिया 46:23 · नेपाली बाइबल
यर्मिया 46:23 · नेपाली बाइबल

परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले उसको जंगल बाक्लो भए पनि फाँडनेछन्। शत्रुका सेनाहरू सलह झैं छन् अनि कसैले गन्न सक्तैन।

Cross references

न्यायकर्ता 6:5

मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे।

न्यायकर्ता 7:12

मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसंग ऊँटहरू पनि थिए।

यशैया 10:18

तब आगो ठूलो हुन्छ, ठूला-ठूला रूखहरू अनि ठूला अङ्गुरका बोटहरूलाई खरानीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन्। अश्शूर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ।

इजकिएल 20:46

“हे मानिसको छोरो! ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलकोविरूद्ध अगमवाणी गर।

योएल 2:25

“म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरुको बिरुद्धमा पठाएको थिएँ। ती काट्ने सलहहरु, ती बगाले सलहहरु अनि उफ्रने सलहहरुले तिम्रा सबै अन्नहरु खाईदिए। तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु। तिमीहरु फेरि भरिभराऊ हुनेछौ।

प्रकाश 9:2

अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र अकाश अँध्यारो भयो।

Interlinear

Choose Theme