तिनीहरू शेकेम, शीलो र सामरियाबाट आएका थिए। ती कुनै पनि मानिसहरूलाई गदल्याहको हत्या भएको तिनीहरूलाई थाहा थिएन।
Cross references
यसर्थ याकूब पद्दन-आरामबाट कनान देशको शेकेमसम्म सुरक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो।
त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।
“तिम्रो अनुहारको छेउमा बढेको कपाल नकाट अनि तिम्रो दाह्रीको छेऊ नछाँट।
“तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका नानीहरू हौ। यदि तिमीहरूको आफन्तमा कसैको मृत्यु हुन्छ भने तिमीहरूको शरीरलाई नकाट अनि आफ्नो टाउकोको केश नखौर।
समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।
जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकूबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकूबले त्यो भूमि शुद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो।
अबीमेलेक यरूब्बालका छोरा थिए। अबीमेलेक शकेम शहरमा बस्ने तिनका मामाहरू कहाँ गए। तिनले आफ्ना मामाहरूलाई अनि आफ्नी आमाका समस्त घरानालाई भने,
शीलोमा प्रत्येक वर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने र्गथिन्। र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउदथिइन्।
यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाह्री अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।
रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शकेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए।
शकेम एप्रेमको पहाडी प्रदेशमा एउटा शहर थियो। यारोबामले शकेमलाई अत्यन्त सुदृढ शहर बनाए अनि त्यहाँ बस्न थाले। त्यसपछि उनी पन्एल शहर गए अनि त्यसलाई शक्तिशाली बनाए।
तब ओम्रीले सामरियाको पहाड किने। उनले यसलाई दुइ तोडा चाँदीमा शेमेरबाट किने। ओम्रीले पहाड माथि एउटा शहर बनाए। उनले पहाडको मालिक शेमेरको नाउँमा शहर को नाउँ सामरिया राखे।
आसा यहूदाका राजा भएको समयमा अठतीसौं वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए। आहाबले सामरिया शहरमा बसेर 22 वर्ष इस्राएलमा शासन गरे।
येहूले यहूदाका राजा अहज्याहका आफन्तहरूसँग भेट गरे। येहूले उनीहरूलाई भने, “तिमी को हौ?”उनीहरूले उत्तर दिए, “हामी यहूदाका राजा अहज्याहाका आफन्त हौं। हामी नानीहरूका राजा अनि नानीहरूका आमाकी रानीको दर्शन गर्न तल ओर्लिएका छौं।”