Home Bibles ☰ Books यर्मिया 33:2 · नेपाली बाइबल
यर्मिया 33:2 · नेपाली बाइबल

परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ,

Cross references

प्रस्थान 3:14

तब परमेश्वरले मोशालाई भन्नुभयो, “म जो हुँ’ त्यही हुँ तिनीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।”

प्रस्थान 6:3

अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सदाईभने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने।

प्रस्थान 15:3

परमप्रभु एउटा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो।

भजनसंग्रह 87:5

परमेश्वरले सियोनमा जन्मेका प्रत्येक मानिसलाई चिन्नु हुन्छ। सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।

भजनसंग्रह 102:16

परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ। मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।

यशैया 14:32

त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई के भन्ने छन? तिनीहरूले घोषणा गर्नेछन्, पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु हुने छ। अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षित गए।

यशैया 37:26

त्यही त तिमीले भनेको हो। तर तिमीले मैले के भनें सुनेनौ। ‘मैले धेरै अघि योजना बनाएको थिएँ। मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ अनि अहिले मैले यसलाई गराँए। मैले तिमीलाई शक्तिशाली शहरहरू ढल्ने अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।

यशैया 42:8

“म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो। मेरो महिमा म अरूलाई दिने छैन्। म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन जुन मेरो हुनुपर्नेछ।

यशैया 43:1

याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।

यशैया 43:21

ती मानिसहरूलाई मैले बनाएको हो। अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्।

यशैया 62:7

जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।

यर्मिया 10:16

तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न। परमप्रभुले सबै थोक बनाउनु भयो अनि परमप्रभुले इस्राएल परिवारलाई परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो। परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।

यर्मिया 16:21

परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्। तिनीहरूलाई अघिबाटै म मेरो शक्ति र बल विषयमा बताउनेछु। तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”

Interlinear

Choose Theme